पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’ « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि खाना महोत्सवमा (फुड फेस्टिबल) आयोजना गरिएको छ ।

‘कोसीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान तथा कोसी प्रदेश पर्यटन वर्ष सफल पार्न आन्तरिक पर्यटन तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि खाँदबारीमा फुड फेस्टिबल’ भन्ने नाराका साथ दुईदिने खाना महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएका छन् । महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन पर्यटकको घुइँचो लागेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजिव श्रेष्ठले बताए ।

लोप हुन लागेका स्थानीय परिकारलाई प्राथमिकतामा राख्दै आन्तरिक पर्यटनमार्फत आयआर्जन बढाउन खाना महोत्सव गरिएको उनको भनाइ छ । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको उनले बताए ।

बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा स्थानीयस्तरमा उत्पादित खानाका परिकार, नेवारी, राई, भोट, मगरलगायत जातिका मौलिक एवं परम्परागत खानाका परिकार राखिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : १३ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो