बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै « Khabarhub

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको ३.१४१ करोड रुपैयाँ सहयोगमा सो कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुन लागेको छ । यो भवन अन्न भण्डारण र वितरणका लागि उपयोग गरिनेछ ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग वितरण डेस्क, रेकर्ड रुम र अन्य सहयोगी संरचना सहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक भवनको निर्माणमा उपयोग गरिनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामार्फत कार्यान्वयन गरिनेछ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष तथा राजनीतिक प्रतिनिधिहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले र्मिाण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित सङ्कलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको र ४९५ परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये बाजुरामा रहेका २ वटा परियोजनाहरु सहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरु रहेका छन् ।

यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । यी मध्ये, बाजुरामा ३ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : ५४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि