वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई  « Khabarhub

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक दौडको उपाधि पुरुषतर्फ नेपाली सेनाका राजन रोकाया र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबार बिहान सम्पन्न प्रतिस्पर्धामा रोकायाले ३१ मिनेट २२ सेकेन्ड र श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गरेका थिए ।

प्रतियोगितामा पुरूषतर्फ सेनाकै खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दोस्रो र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) तेस्रो भए । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे ।

यस्तै, महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्रो (४० मिनेट २७ सेकेन्ड) र फूलमती रानाले सान्त्वना स्थान हासिल गरिन् । 

दरबारमार्गबाट सुरु भएको दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा तीनवटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केही विदेशी खेलाडी गरि झन्डै ५ सय खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा १० किलोमिटर दौडमा महिला तथा पुरुष विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजिवविक्रम शाह, मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ०४ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू