थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन « Khabarhub

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो ।

यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उनको भनाइ छ ।

सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ ।

बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । (रासस)

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : १५ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी