महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण « Khabarhub

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाको तीन करोड ५० लाख रुपैयाँको लागतमा केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर भवन निर्माण गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

मेचीनगर–८ मा निर्माण भएको भवन नगर गौरवका योजनामध्येको एक रहेको उनको भनाइ छ । उनले सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने बताए । उद्यमी बन्न चाहने महिलाहरूका लागि यो तालिम केन्द्र उपलब्धीमूलक हुने उपप्रमुख उप्रेतीको भनाइ छ ।

नगरपालिकाको गौरवको योजनाअन्तर्गत २०७४ सालदेखि भवन निर्माणका लागि सुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्तीलगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने नगरपालिकाको लक्ष्य छ ।

यस्तै, महिलाहरूको लागि कम्प्युटर तालिम, आयआर्जनका विभिन्न सीपमूलक तालिम मायाको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, ढाका बुन्नेलगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाले ढाका बुन्ने तीन महिने तालिमको सुरुवात गरिसकेको छ । (रासस)

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ४३ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०