प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘सम्झनाको चोमोलुङमा’ | Khabarhub Khabarhub

प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘सम्झनाको चोमोलुङमा’



सन् २०१६ मा हङकङ आएका रोशन यक्सो  स्तरीय कविता लेख्ने युवा कवि हुन् भनेर प्राज्ञ कवि शशी लुमुम्बूले उही बेला बताएका थिए।

त्यो भनाइले रोशन नेपालमै छँदा कविताको बिजारोपण गरेर मिठो फल चखाइसकेका कवि रहेछन् भन्ने बुझ्न कठिन परेन। तर कवितामा उसको मुख्य कन्टेन्ट के हुन्छ ? के लेख्छ? कुन विचारधाराको पाठशालाबाट प्रशिक्षित छ रु नेपालसँग कतै दाँच्नै नमिल्ने हङकङको मानव दैनिकी भोगेर कस्तो कविता लेख्छ ? कि कन्स्ट्रक्सनमा लागेर बेल्चाको डाँठले हत्केलामा उठाइदिएका पानी फोकाहरू फुटेर चर्चराएका घाउहरूसँग आर्थिक समृद्धिको सम्झौता गर्छ । वा ज्यानलाई अलिक सुविस्ता हुने तर नियमित १२ घण्टे ड्युटीमा हाजिरी लगाउनुपर्ने काममा आफूलाई निर्दिष्ट बनाएर पारिवारिक जिन्दगी मात्रै जिउँछ।

कवि रोशन हङकङ प्रवेश गरेको सुरुवाती दिनहरूमा मभित्र यस्तै कुराहरू खेलिरहन्थे । उनको कविता पढ्ने मनोकांक्षा त छँदै नै थियो। यस्तै सोचको सेरोफेरोमा उनले सामाजिक सञ्जालमा प्रकाशन गरेका कविताहरू पढ्ने मौका मिल्यो। ती कविताहरू पढिसकेपछि रोशनको कविचेत र लेखनलाई केही अन्दाज गर्न सकिने अवस्था बन्यो । कवि रोशन यक्सो हङकङ साहित्यिक साझा शृङ्खलाको सहसंयोजक नै भइसकेपछि त उनको कवित्व अनुरागसम्म नपुग्ने कुरै रहेन। यो साहित्यिक नेतृत्वको चौबाटोमै रोशनले सम्झनाको चोमोलुङमा कविता सङ्ग्रह थमाइदिए। अब धित मर्ने गरी उनका कविताहरू अक्षरसः नियाल्न कुनै आइतबार कुर्नु परेन।

हिजोसम्म विद्वानहरूले रोप्दै आएका कविताका सुपरिचित परिभाषा र सोही मनोदशाबाट लेखिएका कविताहरू निर्वाध मौलाइरहेका थिए। ती एकछत्र शाशक (सन्तति ) जस्ता थिए ।

जसको जग एकल धार्मिक, सांस्कृतिक राजनीतिक र त्यसले निर्माण गरेका बाध्यकारी दर्शनहरूको पाउमा महामहिम कवि र उनका कविताहरू लम्पसार परेका थिए । त्यस रचनाभित्र मानवीय भावना, विचार, अनुभव, कला, सौन्दर्य र सान्दर्भिकता नभएका होइनन् । तर त्यहाँ विषयवस्तुवादी सीमान्तको आवाज थिएन। निरिह रुवाई थियो। जसको आवाजविहीन सुँक्सुकाइमा केही वर्ग रमाउँथे । चेयर्स गर्थे। झुम्थे । कुनै निडर कविले पनि विस्फोटक कविता लेख्न सक्दैनथ्यो । हुन त बेलाबेलामा ती आवाजहरू बुलन्दित नभएका होइनन् । यद्यपि पूर्ण विराम चाहिँ लागि नै रह्यो।

समयको त्यो घट्टामा पिसिँदै भए पनि भर्खरै समय निर्जनहरूको निधारमा पनि केही उदाएको छ। र नै, नबोली बसेकाहरू बोलेका जस्तो, ढालिकाहरू उठे जस्तो, दबाइएकाहरूले गुहार मागेका जस्तो, आफ्नै माटोमा गाडिएकाहरूले पनि चिच्याए जस्तो, सबै खाले निर्जनताहरुले पहिचानको जुलुस निक्लिए जस्तो आभास हुन्छ। यस्तै कलिलो संवेदनशील समय आफ्नो हृदयको आँगनमा आइपुगेको बेला कवि रोशन हङकङको आमा रकलाई हेरेर ‘सम्झनाको चोमोलुङमा’ भित्र यसरी कविता सुरु गर्छन् :

ओहो !

वर्षौं भइसक्यो 

परिवारको खुसी किन्न 

म परदेशीको पनि 

मेरो पर्खाइमा मेरी आमा, आमा रक बन्नुअघि 

फर्कन्छु अब आफ्नो देश 

फर्कन्छु अब आफ्नो घर!

अप्ठ्यारो कुनाको भिरमा सदियौंदेखि आफ्नो आडमा आफैं अडिएर उभिरहेको चट्टानको मिथक सुनेर आमाको प्रतीकात्मक र बिम्बात्मक कविता लेख्ने रोशन कविताका पौराणिक परिभाषाभन्दा फरक देखिन्छन्।

उनले कवितालाई कल्पनाको कुहिरोभित्र अनावश्यक उडान भरेर कुनै उचाईमा दुर्घटना गराएका छैनन् । पौराणिक काव्यवादी नेपाली कविताको परिभाषाले निर्दिष्ट गरेजस्तो सांस्कृतिक, धार्मिक, जीवन, प्रकृति,भक्ति, भावना, मिथक, कथा, अनुभव, अनुभूति,दया, हिनता, सद्भाव र विविध आदर्शहरुका  शिविरहरूभित्र रोशनका कविताहरू नभएका पनि होइनन् । 

ती यावत तत्त्वहरूबीचकै लार्भा ९प्युपा०बाट निस्केका रोशनले  जीवन भोगाइका चरणमा नेपालमा भएका राजनीतिक आन्दोलन, सत्ताच्युत, व्यवस्था परिवर्तन र त्यो व्यवस्थाबाट निसंकोच निस्किएका नेता नामका मान्छेहरु साधु चोर जस्ता भए । सन्त, महात्मा पनि डाका जस्ता भए । आफैंले रोजेर पुजेको देवता पनि ढोंगी भए । जसलाई हेर्दा महाविद्वान नै देखिन्छ। तर बोली, आश्वासन र कर्मको ठेगान हुँदैन। खासमा उसलाई आफैंले व्याख्या गरेको जीवन, दर्शनको न टुप्पा थाहा हुन्छ, न फेद । जराको गहिराईसम्म पुग्न त उसको बौद्धिकताको फिताले भ्याउँदैन। 

त्यस्ताको वास्तवमा सक्कली स्वरूप नै हुँदैन। रामलाई राजा, राजालाई देवता, जनतालाई ढुकुर र धर्मलाई चारो बनाएर सत्ता चलाउने मात्रै दाउपेच हुन्छ। यो परिदृश्यको धेरैपटक साक्षात्कार गरेका कवि रोशन लेख्छन् ।

 ‘वरिष्ठ नेता भन्छ–

जितायो भने मलाई चुनाव

बनाउँछु यो देशलाई रामराज्य

तर भन्दैन– 

रामराज्यमा 

कति सीताले दिनुपर्ने हो 

पवित्रताको अग्नि परीक्षा 

कविताको भूगोल, जाति, धर्म, लिङ्ग वर्ण र वर्ग हुन्छ कि हुँदैन भन्ने प्रश्नका घेराभित्र घोत्लिनुपर्यो भने कवि रोशनले लेखेका यो कवितांश स्मरण गरेर कविताको वर्ग हुन्छ भन्ने कुरामा डिको कसेका छन् ।

‘बच्चादेखि नै सुन्दै आएँ

गर मेहनत, बगाउ पसिना 

मिठो हुन्छ पसिनाको फल 

यदि त्यसो हुँदो हो त

किन कहिल्यै बदलिएन 

ज्यामी, मजदुर र भरियाको जीवन ।

 प्रिय स्वभाव र व्यवहारका कान्छो कवि रोशनको ‘सम्झनाको चोमोलुङ’ मा पढिसकेपछि नेपाल छँदा ऊ कुनै मार्क्सवादी राजनीतिक सिद्धान्त र दर्शनका पक्षपाती थिए कि क्या हो ? भन्ने कुरा मनमा अनायासै उब्जियो। किनभने ती अति निम्न र सीमान्तीकृतहरूका मुद्दा बोकेर, बोलेर, गाएर , लेखेर, लडेर, भिडेर सत्तारोहण गर्ने यस्तै वर्गीय कवित्वहरू हुन्। जसले भावनाको मसी मगजमा भरेर मान्छेका जीवन्त छातीमा कोरेका शिल्प, शैलीयुक्त अभिव्यक्तिभन्दा इतर यथार्थले बारम्बार चिथोरी रहेका घाउहरूका कविता लेखे। सत्तामा पुगे । तर ती यथार्थको विपरीत यथार्थ बनेँ ।

परिणामत : रोशन जस्तो होनहार उदाहरण आखिर विदेशिएर यस्तो कविता लेख्नुपर्यो।

‘यो सपनाको सहरमा 

मेरो यात्रा 

कोठादेखि-कामसम्म

कामदेखि कोठासम्म

सहर जति ठूलो भयो 

सम्बन्ध त्यति नै साँघुरिँदो रहेछ ।’

अर्थको अर्थ, अर्थको बेअर्थ लगाएर, दोष-निर्दोषको हिलो छ्यापाछ्याप गर्दै  जेनतेन बाँचिरहेको समाजभित्रको कवि त्यही साधारण मान्छे नै हो। त्यही यसो उसो, ठेलमठेल, उत्तारचढाव जिन्दगी नै हो। वस्तुतः केवल विषय, सन्दर्भ र परिस्थितिहरूलाई आत्मसात गरेर सबैका लागि पस्किदिने कला । जो जडमा निकै खरो र तितो भएपनि निर्माणकर्ताको शिल्प, शैली र प्रस्तुतिकरणले वस्तुको बैगुण थाहै नहोस् । त्यस्तै कवि रोशनले सम्झनाको कविताहरू मध्ये एउटा छुट्टै यस्तो विशेष कविता लेखेका छन् स्

‘गर्नुपर्‍यो भने

श्रीमान र श्रीमतीबीच अंशबण्डा

कसको भागमा के के पर्छ होला ?

कति पर्छ होला 

प्रसव व्यथाको पीडा श्रीमानको भागमा ,

कति पर्छ होला 

विदेशी मालिकको गाली श्रीमतीको भागमा ,

कसको भागमा धेरै पर्ला 

एक्ला९एक्लै बिताएका रातको याद 

कसले बढी लग्ला 

आफ्ना सन्तानको जिम्मेवारी 

सबैभन्दा महत्त्वपूर्ण,

क–कसको भागमा कति पर्ला सुहागरातको आनन्द ?

दार्शनिक ओशोतर्फ लाग्ने हो भने सम्भोग सत्य हो। यसका लागि मान्छेले हजारौं असत्यहरू पेश गर्छन् । प्रेमको प्रपञ्च गर्छन् । धर्मको सहारा लिन्छन् । तर मान्छेलाई थाहा छैन धर्मले नै मान्छेको प्रेम छिनेको छ। यो जात,धर्म, भूगोलविहीन सत्य हो। जसले ठोसलाई तरल बनाइदिन्छ । घृणालाई प्रेमकुण्डमा डुबाइदिन्छ। त्यसबाहेकको जिन्दगी केवल बाध्यकारी सम्झौता हो।

आजकालका कवितामा धेरै आगो आउँछ। विद्रोह आउँछ। दर्शन आउँदैन । विचार आउँदैन। विवेक फैलिँदैन।

अर्थपूर्ण रूपमा प्रेमभाव आउँदैन । खादाले कविको शिर पुर्छ । कविता देखिँदैन। झुण्ड, आफन्त र अनभिज्ञ, निर्दोष समाजको प्रदूषित तालीले त्यता कतै चुपचाप बसिरहेको पाठक लजाएर शिर निहुर्‍याउँछ । मुख छोप्छ । तर, मञ्चमा बधाई पाइरहेको कवि निर्लज्ज हाँसिरहेको हुन्छ । त्यो कविभित्र बाँचिरहेको यो समाजको म छुट्टै व्यक्तित्व हुँ भन्ने अहंकारको अग्निले जलाएर ऊ अंगार भइसकेको हुन्छ।

तैपनि कवि गज्जक मुस्कुराउँछ । उसले मेरो कविता भन्छ । तर, कविता ऊसम्म आएकै हुँदैन। कवितालाई उसले छोएकै हुँदैन । साहित्यिक चेत भएका पाठकहरूले यी यस्ता कुराहरु महसुस गरे पनि बोल्दैनन् किनकि आफूले हेर्दाहेर्दैको ऐना आफ्नै अगाडि फुटेर टुक्रा टुक्रा भएको कसैले हेर्न चाहँदैनन्। जसले आफ्नै खुट्टा काट्छ ।

कवि रोशनको ‘ुसम्झनाको चोमोलुङमा’ भित्र यस्तै प्रासंगिक एउटा कविता भेटें ।

‘यसपल्ट, 

धरहरा आफैं ढल्यो

उठ्नै गाह्रो पर्नेगरी

तङ्ग्रिनै नसकुँला झैँ गरी

उसँगै 

राजा९महाराजाका किस्सा कहानी पनि ढल्यो।

तर अचम्म !

यत्रो भूकम्पले पनि भत्काउन सकेन मान्छे भित्रको अर्को धरहरा, अहङ्कारलाई  ।

अहङ्कारको समानान्तर अहंकार नै हो भनेर बुझियो भने कुनै न कुनै बेला त्यो दुर्घटनामा परिणत हुन्छ। अहंकारको विद्वता प्रकृति, प्रवृत्ति,आवश्यकता र भविष्य भने अवश्य बुझ्नुपर्छ। कुनै कुरा कसैले आफूमाथि नउठाउँदा आफ्नो अस्तित्व ज्यूँका त्यूँ मात्रै हुन्छ। त्यसैले आफूमाथि औजार र हतियारहरु पनि उठ्न दिनुपर्छ । त्यसले दिने चोटहरुलाई सहन गर्नुपर्छ। त्यसको परिणाम आउन सिर्फ यति मात्रै बुझ्नु कि आफूमाथि प्रहार कसले गर्दैछ रु

यस सन्दर्भमा कवि रोशन लेख्छन् :

‘एउटा शिल्पकारको हातमा परेको पत्थर भन्दै थियो,

मैले खप्न सकिन भने छिनोको मार

मैले सहन सकिन भने बेसरी चोट

कसरी म बन्न सक्छु अजर अमर कृति ?

कसरी बन्न सक्छु एउटा सुन्दर मूर्ति ?

संसार र समाजमा बडो गज्जबको मायावी नाटक चल्छ। वस्त्रधारीलाई नाङ्गो देख्ने  , नाङ्गोलाई वस्त्रधारी देख्ने  आजको दृश्य र दृष्टान्त मात्रै होइन यो । मानव दुनियाँमा सदियौंदेखि नै यस्तो चल्दै आएको छ। जान्ने र बुझ्ने बुर्जुकहरुले नै यो खेलमा आँखा डुलाउँछन् । जो अबोध छन् , उसले साँचो कुरा बोलिदिन्छन् । त्यसलाई प्रतिक बनाउने, बिम्बले सिंगार्ने अलङ्कारले फैलाउने र कवितामा पस्किने कर्म कला, कौशल भएका विचारवान कविले मात्रै गर्न सक्दछ९

कवि रोशनले पनि त्यो कोशिश यसरी गरेका छन् स्

‘ठूलाले

नाङ्गो बादशाहलाई 

क्या ! अद्भुत वस्त्र धारण गरेको देख्दा

एउटा बच्चाले 

हाकाहाकी भन्न सक्छ

‘तिम्रो तुन्तुरे देखियो महाराज ।’

यसरी सत्य बोल्न जो कोहीले सक्दैन 

र त, मलाई बच्चा औधी मनपर्छ

मलाई बच्चा हुन मनपर्छ।

दिनको आकर्षण र रातको सम्झौतामा एउटा बन्द कोठाभित्र दुई विपरीत लिङ्गीबीच भएको रोमान्स , भोलि बिहान पुरुषको निम्ति भारी पर्न सक्छ। जिम्मेवार पुरुषको खुन, पसिना र अमुक प्रेम नबिक्ने समाजमा महिलाको दुई थोपा आँसुको समर्थनमा जुलुस निस्कन सक्छ । जसको फाइदा एउटी चतुर र लोभी महिलाले लिन सक्छे। तर एउटी साँच्चै विवेकशील र प्रेमिल महिलाले आफूभित्र प्रेमको फूललाई फुलाइरहन्छे। यदि त्यो क्रय र विक्रयको बजार नै रहेछ भने पनि प्रेमलाई घृणाको टोकरीमा राखेर बेच्न लाँदिनन् ।

बरु प्रश्न गर्छे समाजलाई । जसको कवितात्मक शब्दचित्रण कवि रोशनले यसरी गरेका छन् स्

‘रातभर-

 मेरो जवानीको रस चुस्ने

मेरो अङ्ग अङ्गमा गिद्दे नंग्रा गाड्ने

बिहान

मन्दिरमा जब पूजा सुरु हुन्छ

मलाई वेश्याको पगरी गुथाउने ?

मानिस दुर्गमबाट सुगमतिर दौडनु अस्वाभाविक होइन। नेपाली जनजीवनमा गाउँबाट सहर बस्नेहरूको लर्को बढ्दो नै छ। टाढाबाट हेर्दा अनेक भौतिक सुविधाहरु र रङ्गीन सपनाहरूको सफलताले भव्य देखिने सहरलाई प्राकृतिक जीवन बाँचेका मान्छेहरुका पाइला पाइलाले नापिसकेपछि एकदिन सहर वाहियात लाग्दछ । कविले एउटा कवितामा आफ्नो भाग्य खोज्दै गरेको प्रयास र कथित भाग्यले आशा गरेको केही पाउन नसकेपछि छोडी आएका पाइलाहरूतर्फ नै फर्किने सोचका पराजित अभिव्यक्ति दिएका छन् ।

‘यी व्यस्त चोक 

साँगुरो गल्ली 

खोज्दा खोज्दै भाग्य 

हराइसक्यो अस्तित्व

न छ आफू हुनुको आत्मबोध

न छ कुनै परिचय 

यो दिक्क लाग्दो दैनिकी

वाक्वाकी लाग्ने सहर छाड्न 

लाग्दैछ,

छोडिएको बाटोलाई फेरि हिँड्नुपर्ला

पहाडको कुनै कुनामा गएर टुंगिने 

त्यो दुर्गम बाटो हिँड्नुपर्ला।

अहिलेका धेरै कविहरूले गाउँ र सहरलाई हार र जितको तुलनात्मक प्रतिक बनाएर कविता लेखेका पाइन्छ । जहाँ आशा भन्दा निराशा, जितभन्दा हार, सुविधाभन्दा दुविधा बढी पाइन्छ । यो एक हदसम्म स्वाभाविक पनि हो। देशको अवस्था नै त्यस्तो छ त कविले कवितामा सफलताको अलङ्कार कसरी भर्न सक्छ रु

वयस्क कवि रोशनको कविता नयाँ  कन्टेन्टमा निर्मित नदेखिए पनि आफ्नै शिल्प९शैलीको रङ्गले मौलिक बनेका  छन् । सधैंभरि समाज र व्यक्ति विशेषमा भइरहने विषयलाई पनि सामाजिक व्यथितिसँग साह्रै मज्जाले जोडेका छन् । प्रेमको कवितामा समेत अत्यन्त बहकिएर होस गुमाएका छैनन् । उनका कविता एकैछिन प्रशंसाको ताली पाउने र केही क्षणपछि नै हराइ जाने प्रकृतिका छैनन् । स्थायी कुरा भनेको विषय नै हो । मुद्दा नै हो । विचार नै हो। यदाकदाको इन्द्रेणी भावना र आदर्श एकैछिन मनोरम देखिन्छ । तर हराइ जान्छ। त्यसप्रति सचेत भएर नै होला उनले प्रेम र सामाजिक विडम्बनालाई कवितामा यसरी पस्केका छन् ।

आशा थियो 

विश्वास पनि थियो

मर्स्याङ्दी र त्रिशुली झैँ हाम्रो मिलन हुनेछ

र,आकार लिनेछौं नारायणीको

तर 

कुनै बहुर्राष्ट्रिय कम्पनीले 

कुन्नि  कति मेगावाटको

विद्युत निकाल्ने  निहुँमा खोलाको बहावलाई रोके जस्तै-

हाम्रो मायाको रफ्तारमा 

हाम्रो प्रेमको गतिमा

ब्रेक लगाउन आइपुग्यो जातीय विभेद 

कविता मस्तिष्क तातिएर उठेको बाफ होइन। मन पग्लेर बगेको हो पानी होइन। आँखाका गहमा जमेको ताल होइन । कुनै बाद प्रतिवादमा निस्केका जुलुसको नारा होइन । बहकाउमा हिँडेको यात्रा होइन। जसलाई पढ्नु,बुझ्नु र लेख्नु फरक विषय हुन्छ। कविता भाषाको सर्वोकृष्ट नतिजा हो।

यसबाट जुनसुकै प्रवृत्तिका अत्याचाररदुराचारको विरुद्द विद्रोह बिछ्याउन सकिन्छ। कुनै सशस्त्र आन्दोलनको गोलीभन्दा फरक तर अत्यन्त प्रभावकारी रूपले निर्माण गर्न सकिन्छ भने त्यो कविता नै हो। त्यस्ता कविताले अन्याय, अभाव र विभेदले वर्षौंदेखि थला पारेको वर्गको भाषा बोल्न सक्नुपर्दछ । त्यो प्रगतिशील राजनीतिक कवि चेतनाको परिणाममुखी काव्य रचना हुन्छ । त्यस्ता कविताहरू लेख्न कवि आफैंमा शक्तिशाली मिसाइल बनेको हुनुपर्दछ । उसको आत्माले ती दृष्टान्तहरुलाई साँच्चै हृदयगम गरेको हुनुपर्दछ । हिजो-अस्तिसम्म हुने गरेका छलछामका कैयौँ श्रृङ्खलाबद्ध प्रमाणहरू निम्न, निर्दोष,अनपढ र दासी जिन्दगीहरुले सयौं वर्षदेखि भोग्दै आए।

त्यसको अवशेष अझै छ भन्दा अत्युक्ति नहोला । तबै ता कवि रोशनले यस्तो कविता लेखे –

‘सम्झन्छु

तमसुक गर्दा हजारको पछाडि 

जबो एउटा शून्य थप्दा

कसरी गएथ्यो वीरमान दर्जीको घरबारी

किन र कसरी 

जुठी दमिनी  र बाटुली कमिनी मात्र

बारम्बार घोषित हुन्थे बोक्सी र डङ्किनी ?

सम्झनाको गर्तमा अझै ताजा छ।’

सदियौंदेखि राज्य व्यवस्थापकहरूका पाइताला मुनि परेका पीडित वर्गका सन्ततिहरूले आजको संघीय लोकतान्त्रिक राज्य व्यवस्थासम्म आइपुग्दा पनि पूर्ण न्यायको आलोकले नछोएको अनुभव गरे तब मर्नुको डरलाई बिर्सेर यस्तो कविताको भाषामा विस्फोट भए ।

‘ओए माचिण्डे सरकार!

ठोक गोली मेरो छातीमा

बजारीदे कटबाँसको लाठी मेरो टाउकोमाथि

बलजस्ती थुन्न नखोज मेरो ओठलाई

ओकलेरै छाड्छु मनको भडाँस ।’

यो राज्यले सबै नेपाली हौं । सबै समान छौं भन्ने संवैधानिक उर्दी जारी गरी गरी चिनीको चास्नीमा डुबाएकाहरूको भाषा र आवाज हो।

आशा र भरोसाका सयौं नेतृत्व पंक्ति, लाखौं लाखको आन्दोलन र हजारौँ शहिदको सहादतले जितेको शासन व्यवस्थाले पनि नबदलेपछि बदल्नुपर्ने बिम्ब र प्रतीकहरू सचेत कविहरूले लेखिरहन्छन् यस्तो कविता ।

‘चार सहिदका मृत्युपत्रमा 

लालमोहर लगाउने को हो ?

जानू  

भेट्नेछौ काठमाडौको सहिद  गेटमा

ऊ 

चार सहिदका शालिकमाथि

 विराजमान छ ।

यी बाहेक ‘सम्झनाको चोमलुङमा’भित्र उत्पीडित नारीका आवाजहरू छन्। देश,परदेश, वर्ग,समुदायका शब्द चित्रहरू छन् । अनुभव र अनुभूतिका गाढा स्मृतिहरू छन्। लिम्बु भाषाका केही परिचय परिशिष्ट छन्। जसले कविताको गहिराई बुझ्न सहज बनाइदिएको छ।

कुनै त्रास र त्रासदीको परवाह नगरी लेख्न सक्ने क्षमताको अर्को उदाहरण प्रस्तुत गरेका रोशन यक्सो ताप्लेजुङको लिम्बु संस्कृतिमा हुर्किएर काठमाडौं हुँदै केही वर्षअघि मात्रै हङकङ आएका युवा हुन्। यहाँ आएर नै प्रकाशन गरेका उनको यो पहिलो साहित्यिक कृति ‘सम्झनाको चोमोलुङमा’मा धेरैजसो सांस्कृतिक र राजनीतिक जागरणका कविताहरू छन्। सिर्जनशील अराजकताको मूल ढोकैबाट भित्र पसेर शिक्षा लिएका जस्ता भान हुने कविताहरू छन्। उनका कविताहरू सबै तहमा पाच्य हुँदैनन्। एकै परिवेशका समुदायबीच पनि यो पुस्तक लाखा र पाखा हुन सक्छ। 

अबुझ राज्यपालकहरूका निम्ति त यो गलगाँड नै साबित हुन सक्छ। यसका फरक बिम्ब,प्रतीक,अलङ्कार, भाषा,शब्द सम्बोधन जस्ता तत्त्वहरूले मन जलाउन सक्छ। मथिङ्गल खल्बलाउन सक्छ। यो कविता संग्रह ताली,प्रशंसा र सम्मानभन्दा अलिक पर बसेको छ। यसले कतै भावनाको गुहार मागेको छैन।

सहानुभूतिको अँगालो र कर्णप्रिय शब्दहरु मागेको छैन। प्रचारको बिन्तीपत्र पेश गर्दै सम्मानको स्थान मागेको छैन। कुनै बडेमानका विशेषणधारी कथित विद्वानहरूको सामु कविताको टाउको झुकाएर आशीर्वादको हात मागेको छैन। यति हुँदाहुँदै पनि केही भाष्य शिष्टता गुमेको जस्तो लाग्दछ । एउटै शिल्प९शैलीको धागोमा कविताहरू बुनेको जस्तो लाग्दछ । आफ्नो मौलिकपनको कमी भएजस्तो लाग्दछ।

अधिकांश कविताका प्लटिङ उही नेपालको पुरानो धरातल जस्तो लाग्दछ। आफ्नो नविनतम विचारभन्दा पनि केही सम्बोधन भइसकेका विचारहरुको फलो अप जस्तो लाग्दछ। किन पनि त्यस्तो लाग्दछ भने अस्तिका आवाजविहीनहरू हिजै सत्तासीन भएर शासकमा परिणत भइसके । जसले आफ्नो आन्दोलनको पृष्ठभूमि बिर्से। आवाज बिर्से। अनुहारहरू बिर्से । मकै भटमास र घाँटीमा अड्कदै निलेको सातु बिर्से । हिजोका युद्ध,शाहदत र कसमहरू बिर्से ।

 हिजो-अस्तिका ती इतिहासहरू मज्जाकको मिथ जस्तो मात्रै भयो। दुनियाँलाई एकपटक सोच्न बाध्य बनाएको कार्ल मार्क्सका सिद्धान्तलाई घोषणापत्रमा छापेर सत्तामा पुगेको कुरा बिर्से । हुन त त्यसकै इतिहासमा जोसेफ स्टालिन हिटलर जस्ता पात्रहरू पनि थिए। त्यसपश्चातका नेल्सन मण्डेला हुँदै भर्खरै उदाएका काला इब्राहिम त्राओरे बिर्से । 

सम्झनाको चोमलुङ्माुमा भने कवि रोशनले ती बिर्सनेहरूको निर्वासन र सम्झनेहरूको स्थान खोजेका छन् । जे होस् कविताको पहिलो पुस्तक प्रकाशनबाटै विशेष गरेर देश, परदेश, राजनीतिक र सांस्कृतिक चेतनाका बिम्बहरू लिएर हङकङको सानो नेपाली साहित्यिक परिवारमा आएका सदस्य कवि रोशनको इज्जतिलो उपस्थितिले चोमोलुङ्मा चुमोस् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ३५ बजे

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन)