सिने ब्रिफ : प्रदीप र अनमोललाई पछि पारे ‘माग्ने बूढा’ले, एक्सनमा समीक्षा र एलिना | Khabarhub Khabarhub

सिने ब्रिफ : प्रदीप र अनमोललाई पछि पारे ‘माग्ने बूढा’ले, एक्सनमा समीक्षा र एलिना


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
ग्रस कलेक्सन १ करोड छुनै नेपाली फिल्मलाई सकस, १० मध्ये ८ फिल्मको व्यापार लाखमै सीमित
गरिमा शर्मालाई मुख्य नायिकाको भूमिका पनि पहिलो गाँसमै ढुङ्गा
पारिश्रमिकमा अनमोल र प्रदीपलाई पनि उछिने माग्ने बूढाले, बने इन्डस्ट्रीकै महँगो कलाकार
र, गसिपमा छ हिरोलाई महँगो पारिश्रमिक दिन बल्ल थाके छन् निर्माता रोहित अधिकारी

गसिप

बल्ल थाके हिरोलाई मोटो पारिश्रमिक दिन रोहित
आँट गरेर बढी लगानीको फिल्म र कलाकारलाई महँगो पारिश्रमिक दिने निर्माताका रुपमा रोहित अधिकारीले आफूलाई प्रस्तुत गरेका छन् ।
अहिले औसतमा ३ करोडमा फिल्म बन्ने गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको रोहितको लगानी रहेको फिल्म ‘फर्की फर्की’ चार करोडभन्दा बढी लगानी बनेको निर्माण पक्षको दाबी थियो ।
अनमोललाई आधा करोड पारिश्रमिक दिएको प्रमाणस्वरुप कर तिरेको रसिद रोहितको तर्फबाट सार्वजनिक पनि भएको थियो ।
अहिले महँगा कलाकार केदार घिमिरेलाई मोटो पारिश्रमिक दिएर रोहितले फिल्म ‘माइतीघर’मा अनुबन्ध गरेको चर्चा सेलाइसकेको छैन ।
कलाकारलाई हौसेर बढी पारिश्रमिक दिने र फिल्ममा ठूलो लगानी गर्ने निर्माता रोहित नै हुन् ।

निर्माता रोहित अधिकारी


पत्याउँदैनन् भनेर कर तिरेको रसिद नै सार्वजनिक गर्न पछि नपर्ने निर्माता उनै हुन् ।
रोहितले मार्केटको सबैभन्दा बढी आधा करोड पारिश्रमिक अनमोललाई दिए । उनलाई उछिनेर निर्माता मुनाल घिमिरेले माग्ने बूढालाई ६१ लाख थिए ।
यो खबर बाहिरिएपछि रोहित थाकित देखिन्छन् । अब कलाकारलाई महँगो पारिश्रमिक दिएर फिल्म बनाउन नसकिने उनै रोहितले सामाजिक सञ्जालमा लेखेका छन् ।
कलाकारलाई महँगो पारिश्रमिक दिनुको सट्टा उनले अर्का दुई विकल्प देखेका छन् । पहिलो ः कि फिल्म नै बनाउने । दोस्रो ः फिल्म बनाए पनि स्क्रिप्टले आकर्षण गरेर कलाकारलाई सेयरमा अनुबन्ध गर्ने ।
हो, रोहितजी । हाम्रो सानो बजारमा मोटो पारिश्रमिक दिँदा मारमा पर्ने भनेको तपाईंहरु जस्तै निर्माता हो ।
त्यसैले हामीले भन्दै आएको पनि हो– कुनै कलाकारले आफ्नो स्टरडमको ल्याकतमा दर्शकलाई हलसम्म तान्छ सक्छ भने केही पारिश्रमिक अग्रिम मुनाफाको सेयरमा राख्नुस् । त्यसले निर्माता पनि बाँच्छ, फिल्म सफल भए कलाकार र निर्माता दुवैलाई फाइदा पनि हुन्छ ।
तर, कसैले सुनेका छैनन् । ढिलै भए पनि रोहितजीले महसुस गर्नुभयो । तपाईंलाई शुभकामना । अन्य निर्माताले पनि यो कुरा मनन गर्न आवश्यक छ । मनन नगरे, फेरि तपाईंहरुकै पैसा, तपाईंहरुकै मर्जी ।

भिडियो :

एक्सनमा समीक्षा र एलिना

डिजिटल साक्षरताको कमी र केही अराजक व्यक्तिका कारण सामाजिक सञ्जालमा महिलाहरु असुरक्षित वा पीडित बनेको घटना नौलो होइन ।

महिला सेलिब्रिटी समेत सामाजिक सञ्जालमा पीडित बन्दै आएका छन् भने सर्वसाधारण व्यक्तिको हालत झन् के होला ?

आफ्नो मानहानी र चरित्र हत्या गर्नेहरुलाई दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले सार्वजनिक गरेर सबक सिकाएका छन् ।

यो पनि : समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार

समीक्षाले आफूलाई तथानमा टिप्पणी गर्ने वा बेइज्जत गर्न खोज्ने व्यक्तिको तस्बिर र प्रोफाइल लिंक सार्वजनिक गरिन् । त्यसपछि ती व्यक्ति माफी माग्न बाध्य भए । माफी मागेको पनि समीक्षाले सामाजिक सञ्जालमै राखिन् ।

त्यस्तै, आफ्नो तस्बिर दुरुपयोग गर्ने अर्का व्यक्तिलाई चेताएको भिडियो गायिका एलिना चौहानले सार्वजनिक गरेकी छन् ।

नियतवश अरुको बेइजत गर्न खोज्दा आफ्नै बेइजत हुन सक्छ भनेर यी दुई गायिकाले सबक सिकाएका छन् । यो कामले उनीहरुले प्रशंसा पनि पाएका छन् । केही स्थापित कलाकारहरु एलिना र समीक्षाका् पक्षमा उभिएका छन् ।

फिल्मको व्यापार विजोग

पछिल्ला दुई महिना वैशाख र जेठ प्रदर्शनमा १० नेपाली फिल्म प्रदर्शनमा आए । यसमा महानायकको कमब्याक देखि मल्टिस्टारर फिल्मसम्म समावेश छन् ।

तर, ऊनको स्वीटर हिट बन्दा बाँकी बाहेक सबैको व्यापार चौपट छ ।

ऊनको स्वीटरबाहेक ९ फिल्मको ग्रस कलेक्सन जोड्ने हो भने पनि चार करोड पुग्दैन ।

८ फिल्मले त एक करोडको पनि व्यापार गर्न सकेनन् । ती मध्ये एक फिल्मको व्यापार २६ हजार ९ सय छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यी दशमध्ये सबैभन्दा धेरै व्यापार ‘ऊनको स्वीटर’ले गरेको छ ।

दोस्रो महिनामा प्रदर्शनरत यो फिल्मले ११ करोडभन्दामाथिको व्यापार गरेको छ ।

अन्य ९ फिल्म भुठान, खेल, झिल्को, जार, के घर के डेरा ः घर नम्बर २, हेलो काँशीराम, नरसिंहा अभतार, जन्ते बाख्रो, महाभोजको सबैको ग्रस कलेक्सन जोड्ने हो भने पनि ४ करोड पुग्दैन ।

पछिल्लो दुई महिनामा प्रदर्शनमा आएको १० करोड ग्रस कटाउने एक्लो फिल्म ‘ऊनको स्वीटर’ हो ।

१ करोड ग्रस कलेक्सन कटाउने अर्को फिल्म ‘नरसिंहा : अभतार’ हो । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको लाइफटाइम ग्रस कलेक्सन १ करोड ७५ लाख छ ।

फिल्म महाभोज र के घर के डेरा ः घर नम्बर दुईले ५० लाख ग्रस कटाएका छन् ।

बाँकी ६ फिल्मले व्यापार ५० लाख पनि पुगेको छैन । दिलीप रायमाझीको फिल्म हेल्लो काँशीरामको त झन् बिजोग छ । यसको लाइफटाइम ग्रस कलेक्सन २६ हजार ९ सय छ ।

चलचित्र विकास बोर्डका अनुसार भुठानले २२ लाख १० हजार, खेलले १४ लाख ९० हजार, झिल्कोले ८ लाअ ३९ हजार, जारले १८ लाख ३४ हजार, घर नम्बर २ ले ५७ लाख ६१ हजार, जन्ते बाख्रोले ३५ लाख ८५ हजार प्रदर्शनरत महाभोजले ६० लाखभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ ।

महँगो कलाकार केदार घिमिरे

नेपाली फिल्मको व्यापारमा खडेरी लागेको जस्तै अवस्था छ । माथिको रिपोर्टले पनि त्यही भन्छ ।

तर एक कलाकारलाई ६१ लाख पारिश्रमिक दिने आँट भएका निर्माता पनि यही बजारमा छन् ।

बर्सेनि एक फिल्म निर्माण गर्दै आएको दीपक–दीपाको छक्का पञ्जा टिम अहिले विश्राममा छ ।

सोहीकारण त्यो टिममा रहेका कलाकारहरु अहिले बाहिरी फिल्म साइन गरिरहेका छन् । फिल्म साइन गर्नेमा केदार घिमिरे उर्फ माग्ने बूढा अलि तेज देखिएका छन् ।

उनले बाहिरी तीन फिल्मको छायाङ्कन गरिसके । चौथो, फिल्म ‘जहाजै’ पनि साइन गरिसके ।

बाहिरी फिल्म गर्न लागेपछि केदार नेपाली सिनेमा क्षेत्रकै महँगो कलाकार बनेका छन् । उनले फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख पारिश्रमिक लिने गरी सम्झौता गरेको निर्माता मुनाल घिमिरे खुलासा गरेका छन् ।

घिमिरे भन्छन्, ‘५१ लाख पारिश्रमिक दिएसकेँ । अब १० लाख दिन बाँकी छ । जम्मा ६१ लाखको प्रतिबद्धता भएको हो ।

६१ लाख पारिश्रमिकमा सम्झौता गरेको केदार पनि स्वीकार गर्छन् । पूरै पारिश्रमिक हात परेपछि कर तिर्ने उनी बताउँछन् ।

केदार भन्छन्, ‘सबै पैसा हात परेपछि कर अवश्य तिर्छु । तिर्नु पनि पर्छ ।’

अर्थात् उनले कर तिर्छु भन्नुको अर्थ– ६१ लाख पारिश्रमिक लिएको सत्य हो ।

यसअघि महँगा भनिएका कलाकार अनमोल केसी र प्रदीप खड्काले ५० लाख पारिश्रमिक लिएको चर्चा थियो ।

अब माग्ने बूढाले यी दुई तन्नेरी स्टारहरुलाई पनि पारिश्रमिकमा पछि पारेका छन् ।

लिड नायिकामा पनि फ्लप गरिमा

टिकटकबाट चर्चामा आएर, म्युजिक भिडियो मोडल हुँदै आफूलाई नायिकाका रुपमा दर्शकमाझ प्रस्तुत गरेकी गरिमाको फिल्मी यात्रा सुखद हुन सकेको छैन ।

उनले तीनवटा फिल्म ‘लण्डन टू परेस’, ‘वर एण्ड बधु’ र ‘ह्रस्व दीर्घ’ मा सहायक भूमिका निर्वाह गरेपछि गत जेठ २३ मा प्रदर्शनमा आएको ‘जन्ते बाख्रो’बाट लिड नायिकाको रुपमा प्रस्तुत गरिन् ।

फिल्ममा आउनुअघि गरिमा म्युजिक भिडियोकी सफल मोडल हुन् । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय फिल्मको यात्रा तय गरेकी छन् ।

म्युजिक भिडियोमा सफल मोडल र तीन फिल्ममा सहायक भूमिकामा अभिनय गर्दा पनि गरिमा आफ्नो करिअरमा सन्तुष्ट देखिन्न ।

गरिमाको दुर्भाग्य भनौं कि के फिल्मबाट उनले पाउन सकेकी छैनन् । त्यही भएर होला फिल्म जन्ते बाख्रोको प्रस्ताव आउनुअघि उनी विदेश जानेकी नेपालमा बस्ने भन्ने दौधारमा अवस्थामा गरेको उनी आफैँ बताउँछिन् ।

अर्थात्, तीन फिल्ममा अभिनय गर्दासम्म पनि पूर्णत नेपालमा भविष्य देखेकी रहेनछिन् ।

भन्छिन्, ‘म विदेश जाने कि यही बस्ने भन्ने सोच भइरहेको अवस्थामा जन्ते बाख्रोबाट प्रस्ताव आयो । अनि यही रोकिएँ ।’

‘जन्ते बाख्रो’ले गरिमालाई नेपालमै राख्यो । सँगै उनको लिड नायिका बन्ने सपना पनि पूरा भयो ।

तर, यो फिल्म पनि फ्लप बन्यो । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको टाइफटाइम ग्रस कलेक्सन मात्रै ३५ लाख ८५ हजार छ ।

फिल्मी यात्रा सुखद बनाउन नसकेकी गरिमालाई लिड नायिकाका रुपमा पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

अहिले गरिमा म्युजिक भिडियोमै व्यस्त देखिन्छन् । आजसम्मको अवस्थामा उनको हातमा फिल्म छैन वा उनले सार्वजनिक गरेकी छैनन ।

सतहीरुपमा बुझ्दा उनका हातमा फिल्म छैन । एक पटक विदेश जानलाई जन्ते बाख्रोले रोक्यो । अब के गर्लिन् त गरिमा ?

भनाइ नै छ– फिल्ममा आउनुभन्दा बढी यहाँ आएर स्थापित हुन झन् बढ्ता चुनौतीपूर्ण छ । नभए गरिमालाई नै हेर्दा भयो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ३५ बजे

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई