रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग  « Khabarhub

रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई महाभारतका पात्र कंशसँग तुलना गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकारहरूसँगको कुराकानीमा उनले पुराना दलहरूलाई महाभारतका पात्र कंशसँग तुलना गरेका हुन् । 

‘महाभारतमा एउटा प्रसंग छ नि, कृष्णको जन्म हुँदै थियो । उनका मामा कंशले बहिनीको गर्भबाट कृष्ण जन्मिदैछन् र उनकै बाट मेरो मृत्यु हुन्छ भन्ने बुझेर उनलाई नजिन्मिदैदेखि आमालाई सहित हिरासतमा राखेका थिए,’ भट्टराईले भने, ‘हाम्रो महाभारत कथाले जुन भन्छ त्यसरी नै पुराना शक्तिहरूले नयाँ उदयीमान शक्तिहरूलाई कसरी भ्रुण नै हत्या गर्ने भन्ने गर्न खोज्छन् ।’

पूर्वप्रधानमन्त्री भट्टराई रास्वपाको जारी हस्ताक्षर अभियानमा समर्थन जनाउन  शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका थिए । उनले बनस्थली पुगेर रास्वपाको अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् । 

‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ समर्थन जनाउनुभएको छ,’ उनले भने । बोहराका अनुसार भट्टराईले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

यसअघि केही कलाकारहरूले पनि बनस्थली पुगेर रास्वपाको अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए । रास्वपा असार ७ गतेदेखि पार्टी सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्दै देश भित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ४३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष