रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग  « Khabarhub

रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई महाभारतका पात्र कंशसँग तुलना गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकारहरूसँगको कुराकानीमा उनले पुराना दलहरूलाई महाभारतका पात्र कंशसँग तुलना गरेका हुन् । 

‘महाभारतमा एउटा प्रसंग छ नि, कृष्णको जन्म हुँदै थियो । उनका मामा कंशले बहिनीको गर्भबाट कृष्ण जन्मिदैछन् र उनकै बाट मेरो मृत्यु हुन्छ भन्ने बुझेर उनलाई नजिन्मिदैदेखि आमालाई सहित हिरासतमा राखेका थिए,’ भट्टराईले भने, ‘हाम्रो महाभारत कथाले जुन भन्छ त्यसरी नै पुराना शक्तिहरूले नयाँ उदयीमान शक्तिहरूलाई कसरी भ्रुण नै हत्या गर्ने भन्ने गर्न खोज्छन् ।’

पूर्वप्रधानमन्त्री भट्टराई रास्वपाको जारी हस्ताक्षर अभियानमा समर्थन जनाउन  शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका थिए । उनले बनस्थली पुगेर रास्वपाको अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् । 

‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ समर्थन जनाउनुभएको छ,’ उनले भने । बोहराका अनुसार भट्टराईले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

यसअघि केही कलाकारहरूले पनि बनस्थली पुगेर रास्वपाको अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए । रास्वपा असार ७ गतेदेखि पार्टी सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्दै देश भित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ४३ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन