उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने « Khabarhub

उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– उपचारमा लापरबाहीका कारण सानोतिनो रोगले पनि ज्यान गुमाउन पुगेकी २८ महिनाकी बालिका प्रशंसा गौतमको मृत्यु प्रकरणमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई दोषी ठहर गर्दै १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।

उपभोक्ता अदालतको रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बिहीबार सुनाएको फैसलामा काठमाडौंस्थित हिमाल हस्पिटल प्रालिलाई ७० प्रतिशत अर्थात् १ करोड १ लाख ८० हजार रुपैयाँ र उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई ३० प्रतिशत अर्थात् ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।

२०७९ माघ २३ गते गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसा गौतमको उपचारका लागि अस्पताल लगेका थिए। तर, चिकित्सकीय लापरबाहीका कारण ज्यान गुमेको भन्दै परिवारले अस्पतालमै लामो समयसम्म आन्दोलन गरेका थिए। त्यसपछि उनीहरूले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए।

काउन्सिलले अनुसन्धानपछि डा। यादवलाई दोषी ठहर गर्दै चेतावनी मात्र दिने निर्णय गरेको थियो। काउन्सिलको प्रतिवेदनमा भनिएको छ, ‘बिरामीको अवस्था जटिल भइसकेपछि पनि समयमै आवश्यक जाँच नगरिएको, इन्ट्युबेशन नगरेको र अन्यत्र रिफर गर्दा सावधानी नअपनाएको पाइयो।’

काउन्सिलको निर्णयले न्याय नपाएको भन्दै पीडित पक्षले जिल्ला अदालत काठमाडौंमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। उपभोक्ता अदालत गठन भएपछि मुद्दा उक्त अदालतमा सरेको थियो। अदालतले मेडिकल काउन्सिलको प्रतिवेदनलाई आधार मानेर क्षतिपूर्ति सम्बन्धी निर्णय सुनाएको हो।

यस फैसलाविरुद्ध असन्तुष्ट पक्षले उच्च अदालत काठमाडौंमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०४ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी