उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने « Khabarhub

उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– उपचारमा लापरबाहीका कारण सानोतिनो रोगले पनि ज्यान गुमाउन पुगेकी २८ महिनाकी बालिका प्रशंसा गौतमको मृत्यु प्रकरणमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई दोषी ठहर गर्दै १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।

उपभोक्ता अदालतको रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बिहीबार सुनाएको फैसलामा काठमाडौंस्थित हिमाल हस्पिटल प्रालिलाई ७० प्रतिशत अर्थात् १ करोड १ लाख ८० हजार रुपैयाँ र उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई ३० प्रतिशत अर्थात् ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।

२०७९ माघ २३ गते गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसा गौतमको उपचारका लागि अस्पताल लगेका थिए। तर, चिकित्सकीय लापरबाहीका कारण ज्यान गुमेको भन्दै परिवारले अस्पतालमै लामो समयसम्म आन्दोलन गरेका थिए। त्यसपछि उनीहरूले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए।

काउन्सिलले अनुसन्धानपछि डा। यादवलाई दोषी ठहर गर्दै चेतावनी मात्र दिने निर्णय गरेको थियो। काउन्सिलको प्रतिवेदनमा भनिएको छ, ‘बिरामीको अवस्था जटिल भइसकेपछि पनि समयमै आवश्यक जाँच नगरिएको, इन्ट्युबेशन नगरेको र अन्यत्र रिफर गर्दा सावधानी नअपनाएको पाइयो।’

काउन्सिलको निर्णयले न्याय नपाएको भन्दै पीडित पक्षले जिल्ला अदालत काठमाडौंमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। उपभोक्ता अदालत गठन भएपछि मुद्दा उक्त अदालतमा सरेको थियो। अदालतले मेडिकल काउन्सिलको प्रतिवेदनलाई आधार मानेर क्षतिपूर्ति सम्बन्धी निर्णय सुनाएको हो।

यस फैसलाविरुद्ध असन्तुष्ट पक्षले उच्च अदालत काठमाडौंमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान