इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि « Khabarhub

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन् ।

अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ’इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका व्यानर, प्लाकार्ड खिचेको फुटेज प्रसारण गरेको थियो ।

इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई सङ्केत गर्दै लेखिएको ‘बुम, बुम, तेल अभिभ,’ उल्लेख गरिएको ब्यानर लिएर हजारौँ इरानीले मृतकप्रति सम्मानका लागि अन्त्येष्टि समारोहमा सहभागी भएका थिए ।

इरानी सरकारी टेलिभिजनले इरानले इजरायलमाथि प्रहार गरेको क्षेप्यास्त्रजस्तै ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल र इरानी झन्डामा ओछ्याइएको कफिनलाई प्रत्यक्ष प्रशारणमार्फत् देखाएको थियो ।

राष्ट्रपति मसूद पेजेस्कियान र खामेनीका वरिष्ठ सल्लाहकार रियर एडमिरल अली शमखानी पनि उक्त समारोहमा उपस्थित भएका थिए। उनले युद्धमा इजरायली आक्रमणमा घाइते भएपछि बेतको लोरोको सहायतामा अन्त्येष्टि समारोहमा हिँडिरहेको देख्न सकिन्थ्यो । यसले सहभागीहरूबीच उत्तेजना र आक्रोश छाएको देख्न सकिन्थ्यो ।

अन्त्येष्टि समारोहमा सर्वोच्च नेता स्वयं भने सहभागी भएनन् । उनले बिहीबार भिडियो सम्बोधन गर्दै यसै साताको सुरुमा युद्धविरामसहित समाप्त भएको द्वन्द्वमा ‘विजय’ भएको घोषणा गरेका थिए ।

आत्मसमर्पण भएन

अन्तिम संस्कारको शबयात्रा महानगरका विभिन्न भागमा पुग्दा विदेशमन्त्री अब्बास अराघचीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गर्दै युद्धमा ‘इरानी जनताले दिएको साथ र समर्थनका लागि’ नागरिक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण देशबासीलाई धन्यवाद दिँदै अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका ‘शहीद’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उनले आफ्नो सन्देशमा लेखेका छन् “इरानीहरूले रगत दिए, जमिन दिएनन् । आफ्ना प्रियजनहरूलाई दिए, आत्मसम्मान गुमाएनन् , उनीहरूले एक हजार टनको बम वर्षाको सामना गरे, तर आत्मसमर्पण गरेनन् ।“

उनले थपे, “इरानले ‘आत्मसमर्पण’ शब्दलाई मान्यता दिँदैन। शनिबार अन्त्येष्टि गरिएका मृतक हरूमध्ये सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बागेरी पनि रहेका थिए । उनको अन्त्येष्टि उनकै श्रीमती र पत्रकार एक छोरीसँगै गर्ने कायृक्रम रहेको छ ।

आक्रमणमा मारिएका आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलाई पनि उहाँ श्रीमतीसँगै अन्त्येष्टि गरिनेछ। युद्धको पहिलो दिन मारिएका रिभोल्युसनरी गार्डका कमाण्डर होसेन सलामीलाई आइतबार अन्त्येष्टि गरिन बताइएको छ ।

आक्रमणमा मारिएका अन्त्येष्टि गरिने ६० जनामध्ये चार जना बालबालिका र चार महिला रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ४६ बजे

चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्

प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप