एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता | Khabarhub Khabarhub

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई देश निकाला गरिएको जनाएको छ ।

आइओएमको जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको छ । तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

यस अवधिमा स्वदेश फर्केकामध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि, जुन १० देखि जुन १७ को बीचमा ३२ हजार ८४४ जनालाई स्वदेश फर्काइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को यसअघिको तथ्याङ्कअनुसार जुन १ देखि जुन १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी आप्रवासी स्वदेश फर्केका छन् । खामा प्रेसका अनुसार दुवै निकायले भीडभाड युक्त र कम स्रोत साधन भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर चुनौतीबारे चेतावनी दिएका छन्।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : १५ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले