मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल « Khabarhub

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताए ।

मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति नै मुलुकको परिवर्तनको आधार भएको उनले बताए । जबजले समाज विकासका विभिन्न चरणमा शोषित, उत्पीडित वर्ग र समुदायका साथै सम्पूर्ण मानव जातिको मुक्तिलाई अङ्गीकार गरेको उनले बताए ।

एमालेलाई चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा पार्टीका कार्यकर्ता सङ्गठित भएर अघि बढ्न आग्रह गरे ।

नेकपा (एमाले)का नेता सोमनाथ अधिकारी प्यासीले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल बनाउन सबैको दायित्व भएको बताउँदै त्यसका लागि पार्टी जिम्मेवार र जवाफदेही भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नभएको बताए।

एमाले पोखरा नगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको प्रदेश सचिव धनञ्जय दवाडी, एमाले जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सुशील बस्नेतलगायतले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पारेका थिए । त्यस अवसरमा महानगर कमिटीद्वारा प्रकाशित मुखपत्र ‘अभियान’को दोस्रो अङ्कको लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ५९ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत