आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। राज्यको तर्फबाट तपाईंको व्यवहारमा शंका हुनेछ।

मिथुन : दिन सामान्य छ। बोल्दा सचेत भएर बोल्नुपर्नेछ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। लगानीको क्षेत्रमा घाटा हुने दिन छ। ठूलो लगानीमा हात नहालेको राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा केही सुधार हुनेछ।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। डुब्न लागेको सम्पत्ति हात लाग्ने संकेत देखा पर्नेछ। रोजगारी र राजनीतिमा तपाईको बढुवा हुने सम्भावना छ। पारिवारिक सम्बन्ध राम्रो रहेको छ।

सिंह : दिन राम्रो छ। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा भने गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् मानसम्मान बढ्नेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा पनि फाइदा हुने योग परेको छ।

तुला : आज प्रतिभा प्रदर्शन गर्ने दिन छ। घुमघामको अवसर मिल्नेछ। शिक्षामा आलश्य बढ्नेछ। लगानीमा पनि दिन उपयुक्त छैन। परिवारको साथ लिएर अघि बढ्नुपर्ने दिन छ।

वृश्चिक : दिन राम्रो छ। संघर्षले सार्थकता पाउनेछ। शिक्षा र स्वास्थ्यले तपाईलाई साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले साथ दिनाले मनमा उत्साह थपिनेछ। राजनीतिमा भने हात नहालेको राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। हरेक कार्यमा शंकाको घेरामा भएकाले परिवारबाट जोगिएर काम गर्नुपर्ने देखिन्छ। शत्रु बढ्नेछन्। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्राको अवसर मिल्नेछ। तर समय र खर्च बढ्ने भएकाले अनावश्यक यात्रामा ननिस्किएको राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ। हनुमान वा गणेशको पुजा गरेर अघि बढे लाभ मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : १२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना