तीन शतकसँगै भारतले जोगायो टेस्ट « Khabarhub

तीन शतकसँगै भारतले जोगायो टेस्ट


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो टेस्टमा बराबरी गरेको छ।

पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा चार विकेटको क्षतिमा ४२५ रन जोडेको हो।

भारतका लागि कप्तान गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले शतक प्रहार गरे। तनावपूर्ण खेलमा ५ पारीमा भारतले दुई विकेट मात्र गुमाएको हो।

भारतका कप्तान गिल र के एल राहुलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरे भने वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले अविजित २०३ रनको साझेदारी गरे।

पहिलो पारीमा भारतले ३५८ रन जोडेको थियो भने इंग्लयान्डले ६६९ रन जोडेको थियो। भारतले विना कुनै रन दुई विकेट गुमाएपछि दोस्रो पारीको सुरुवातमा नै दबाब परेको थियो। यसपछि राहुलले ९० तथा गिलले १०३ रन प्रहार गरे। सुन्दर १०१ तथा जडेजा १०७ रनमा अविजित रहे।

एउटै टेस्ट शृङ्खलामा कप्तानको रूपमा चार शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यान भएसँगै भारतको संकट टरेको हो। पहिलो पारीमा आठौँ क्रममा ब्याटिङ गरेका सुन्दर दोस्रो पारीमा पाँचौँ क्रममा उक्लिएका हुन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : २४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको