तीन शतकसँगै भारतले जोगायो टेस्ट | Khabarhub Khabarhub

तीन शतकसँगै भारतले जोगायो टेस्ट


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो टेस्टमा बराबरी गरेको छ।

पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा चार विकेटको क्षतिमा ४२५ रन जोडेको हो।

भारतका लागि कप्तान गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले शतक प्रहार गरे। तनावपूर्ण खेलमा ५ पारीमा भारतले दुई विकेट मात्र गुमाएको हो।

भारतका कप्तान गिल र के एल राहुलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरे भने वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले अविजित २०३ रनको साझेदारी गरे।

पहिलो पारीमा भारतले ३५८ रन जोडेको थियो भने इंग्लयान्डले ६६९ रन जोडेको थियो। भारतले विना कुनै रन दुई विकेट गुमाएपछि दोस्रो पारीको सुरुवातमा नै दबाब परेको थियो। यसपछि राहुलले ९० तथा गिलले १०३ रन प्रहार गरे। सुन्दर १०१ तथा जडेजा १०७ रनमा अविजित रहे।

एउटै टेस्ट शृङ्खलामा कप्तानको रूपमा चार शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यान भएसँगै भारतको संकट टरेको हो। पहिलो पारीमा आठौँ क्रममा ब्याटिङ गरेका सुन्दर दोस्रो पारीमा पाँचौँ क्रममा उक्लिएका हुन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : २४ बजे

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

ढोरपाटन– बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल

स्कुल सञ्चालकले कालो ब्यानरसहित सडकमा निकाले बस (तस्बिरहरू)

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन– आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित