गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलको आक्रमण निरन्तर « Khabarhub

गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलको आक्रमण निरन्तर


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली सेनाले खाद्यान्न लिनका लागि दैनिक १० घण्टा युद्ध रोक्ने बताए पनि आक्रमण जारी राखेको छ। लगातारको इजरायलको आक्रमणले गाजामा ६३ जनाको ज्यान गएको छ।

आइतबार इजरायली सेनाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म केन्द्रीय र उत्तरी गाजाका साथै अल मसारी र डेल अल बाजामा आक्रमण नगर्ने जनाएको थियो। साथै खाद्यान्न र औषधी सामग्री वितरणका लागि बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म आक्रमण नगर्ने प्रतिबद्धता नगर्ने जनाएको थियो।

गएको २४ घण्टामा दुई बालबालिकासहित ६ जनाको ज्यान गएको छ। अक्टोबर २०२३ देखि यता भोकमरीका कारण ज्यान जानेको सङ्ख्या १३३ पुगेको छ। मर्नेमध्य ५ महिनाको बालक जनैब अबु हुसेन लगायत छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पाँच लाख मानिस भोकमरीका कारण समस्यामा परेका छन्।

संयुक्त अरब इमिरेट्स तथा जोर्डनको पहलमा युद्ध विराममा सहमति भएपछि राहत आकाशबाट खसालिए पनि त्यहाँ खसालिएको राहत पर्याप्त भने छैन।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह