गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलको आक्रमण निरन्तर « Khabarhub

गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलको आक्रमण निरन्तर


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली सेनाले खाद्यान्न लिनका लागि दैनिक १० घण्टा युद्ध रोक्ने बताए पनि आक्रमण जारी राखेको छ। लगातारको इजरायलको आक्रमणले गाजामा ६३ जनाको ज्यान गएको छ।

आइतबार इजरायली सेनाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म केन्द्रीय र उत्तरी गाजाका साथै अल मसारी र डेल अल बाजामा आक्रमण नगर्ने जनाएको थियो। साथै खाद्यान्न र औषधी सामग्री वितरणका लागि बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म आक्रमण नगर्ने प्रतिबद्धता नगर्ने जनाएको थियो।

गएको २४ घण्टामा दुई बालबालिकासहित ६ जनाको ज्यान गएको छ। अक्टोबर २०२३ देखि यता भोकमरीका कारण ज्यान जानेको सङ्ख्या १३३ पुगेको छ। मर्नेमध्य ५ महिनाको बालक जनैब अबु हुसेन लगायत छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पाँच लाख मानिस भोकमरीका कारण समस्यामा परेका छन्।

संयुक्त अरब इमिरेट्स तथा जोर्डनको पहलमा युद्ध विराममा सहमति भएपछि राहत आकाशबाट खसालिए पनि त्यहाँ खसालिएको राहत पर्याप्त भने छैन।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ४४ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि