मालिका गाउँका चार सय घरमा खानेपानीको सुविधा « Khabarhub

मालिका गाउँका चार सय घरमा खानेपानीको सुविधा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।

मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।

ती आयोजनाबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घर परिवार लाभान्वित भएको सो वडाका अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए ।

दुई करोड १४ लाख रुपैयाँमा निर्माण गरिएका तीन वटै योजनाको आइतबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरे ।

गाउँलेले यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका स्थानीयवासी बलबहादुर रोकाले बताए ।

खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङ समेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाई तथा स्वच्छता उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताए । (रासस)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ५० बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ