ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान « Khabarhub

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो’ अवार्डबाट सम्मानित भएका छन् ।

ग्लोबल नेपालीद्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आयोजित भव्य समारोहमा शाहीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सम्मान ग्रहणपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरे । उनले अवार्डको श्रेय उनीहरूप्रति समर्पित गरेका छन् ।

उनले भने, ‘ग्लोबल हिरो’ अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उनीहरूप्रति समर्पित गर्दछु।’

उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

शाहीले कार्यक्रमलाई सफल बनाउनका लागि आयोजकले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय रहेको उल्लेख गरे ।

अवार्ड समारोहले नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र सामाजिक कार्यमा लाग्न थप प्रोत्साहन मिलेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ३० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस