ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान « Khabarhub

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो’ अवार्डबाट सम्मानित भएका छन् ।

ग्लोबल नेपालीद्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आयोजित भव्य समारोहमा शाहीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सम्मान ग्रहणपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरे । उनले अवार्डको श्रेय उनीहरूप्रति समर्पित गरेका छन् ।

उनले भने, ‘ग्लोबल हिरो’ अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उनीहरूप्रति समर्पित गर्दछु।’

उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

शाहीले कार्यक्रमलाई सफल बनाउनका लागि आयोजकले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय रहेको उल्लेख गरे ।

अवार्ड समारोहले नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र सामाजिक कार्यमा लाग्न थप प्रोत्साहन मिलेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ३० बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई