रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी « Khabarhub

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको भन्दै ८४ करोड बढीको बिमा दाबी माग भएको छ ।

नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति भएको भन्दै साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी माग भएको जनाएको छ ।

प्राधिकरणका अनुसार बीमा दाबीमध्ये सबैभन्दा धेरै ५८ करोड १ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा ६ वटा सङ्ख्यामा माग दाबी भएको छ ।

त्यस्तै, सामुद्रिक बीमा ७ वटा सङ्ख्यामा १६ करोड २३ लाख १० हजार र इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत ३ वटा सङ्ख्यामा ५ करोड ४० लाख बराबरको बीमा माग दाबी भएको छ ।

मोटर बीमा (सार्वजनिक) अन्तर्गत ३८ वटा सङ्ख्यामा २ करोड ५९ लाख ५० हजार र मोटर बीमा (निजी) अन्तर्गत १४ वटा सङ्ख्यामा २ करोड १४ लाख ५० हजार बराबर बीमा दाबी भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०५ बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र