नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ | Khabarhub Khabarhub

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोटका २२ वर्षीय सुमन तामाङ छन् ।

उनीहरूले नक्कली सुन देखाई प्रतितोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनेर प्रलोभनमा पारेको खुलेको छ ।

दुवैले २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोकनजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ ठगेको खुलेको छ।

यी दुईजनाले २०८२ जेठ २७ गते भक्तपुर राधेराधे बस्ने दोलखाका पीडितलाई भक्तपुर पान्डुबजारनजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई भक्तपुरबाटै पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : २७ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ