थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु « Khabarhub

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो ।

यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । उनकै निवासमा वार्ता भइरहेको समाचार संस्था एपीले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।

क्वालालम्पुरमा दुई देशका नेताबीच वार्ता भइरहेपनि सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीबीच लडाइँ भइरहेको छ । एपीका अनुसार कम्बोडियाको मियान्चे प्रान्तमा गोलाबारीको आवाज सुनिएको छ ।

मलेशियाका प्रधानमन्त्री इब्राहिमले दुबै पक्षले शान्तिका लागि आवश्यक सर्त अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपि वार्तामा तत्काल युद्धविराम गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।

यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।

क्वालालम्पुरका लागि उड्नुअघि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यस वार्तामा अमेरिका र चीनका प्रतिनिधि पनि पर्यवेक्षकका रुपमा सहभागी हुने जानकारी दिएका थिए ।

अधिकारीहरुले यस वार्तामा मलेशियाका लागि अमेरिकी र चिनियाँ राजदूतले पर्यवेक्षकको भूमिका निर्वाह गर्ने पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : ४१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल