सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो « Khabarhub

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।

हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

सुवेदीले हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।

वडाध्यक्ष रविन श्रेष्ठले यो हायु परिवारको घर जंगलबीच एकान्तमा रहेकाले छिमेकीले पुग्न पनि २० मिनेटजति हिँड्नुपर्छ । यो घरमा उर्मिला, छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँसहित १६ जना रहेको श्रेष्ठले बताए । उनीहरू परिवार नै सबै एकैचोटि हराएपछि घटनालाई रहस्यमय मानिएको श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार हायु परिवारको भान्छाका लागि बनाइएको छाप्रोमा आगो लागेको भेटिएको छ। गाईवस्तु र कुखुरा भने पाखैमा छाडेको अवस्थामा फेला परेका उनले बताए ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष बुद्धिनारायण बरालले हायु परिवारका सदस्यहरूले सामाजिक सुरक्षा भत्ता बुझेर पालिकाबाट गएको बताए । हायु जातिलाई सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । त्यहीकारण उनीहरूलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। उनीहरू सबै घरबाट गायब भएको कम्तीमा दुई दिन भइसकेको अनुमान जनप्रतिनिधिले गरेका छन् ।

अहिले हायु परिवारको घरमा प्रहरी, जनप्रतिनिधि र छिमेकी जम्मा भएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले ठोस तथ्य नभेटिएसम्म केही भन्न नसकिने जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ३० बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१