भीमेश्वरका भेंडाबाख्रामा महामारी पीपीआरको संक्रमण पुष्टि | Khabarhub Khabarhub

भीमेश्वरका भेंडाबाख्रामा महामारी पीपीआरको संक्रमण पुष्टि


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दोलखा-भीमेश्वर नगरपालिका-१, देउरालीमा कृषकहरुले पालेका भेंडाबाख्रामा महामारी रोग पीपीआर संक्रमण पुष्टि भएको छ।

पशु सेवा कार्यालय दोलखामा रेपिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको र पोष्टमाटम गर्दा पीपीआरसँग मिल्दो जुल्दो भएको हुँदा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला मा नमूना पठाए को र रिपोर्ट पोजिटिभ आएपछि कार्यालयले प्रभावित क्षेत्र आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

भेंडाबाख्रामा सर्ने यो महामारी रोग पुष्टि भएपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा कार्यालयले आवश्यक कदमहरू चालेको कार्यालयका पशु प्राविधिक प्रकाश थापाले जानकारी दिए । 

कार्यालयले जारी गरेको सूचनाअनुसार रोग देखिएको क्षेत्रबाट भेंडाबाख्रा ओसारपसार गर्न नपाइने र अति आवश्यक परेमा मात्र पशु चिकित्सकको सिफारिसमा अनुमति दिइने व्यवस्था गरिएको छ । 

रोगको संक्रमण फैलिन नदिनका लागि प्रभावित क्षेत्रलाई कम्तीमा ९ देखि २१ दिनसम्म ‘क्वारेन्टाइन’मा राखिनेछ। साथै रोग देखिएको स्थान वरिपरि ‘रिङ भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरिने पशु स्वास्थ्य प्राविधिक थापाले बताए । 

भेंडाबाख्रामा पीपीआरको लक्षण देखिएमा तत्काल स्थानीय पशु सेवा शाखा वा जिल्ला पशु सेवा कार्यालयमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ । 

त्यसैगरी, मरेका पशुहरूलाई सुरक्षित तरिकाले नष्ट गर्न, संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिन र प्रयोग भएका सामग्रीहरू डिसइन्फेक्ट गर्न पनि पशुसेवा कार्यालयले आग्रह गरेको छ । पीपीआर रोग संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्क, दूषित मान्छे, सामग्री, घाँस, पानी तथा वातावरणबाट सर्ने गर्छ । 

रोग लागेका भेंडाबाख्रामा उच्च ज्वरो ९१०४-१०५ डिग्री फारेनहाइट, नाक र आँखाबाट पानी बग्ने, मुखभित्र घाउ आउने, आँखामा रातोपन देखिने, कालो दिसा हुने, खोकी लाग्ने र अत्यधिक पखाला लागेर शरीर डिहाइड्रेसन हुनेजस्ता लक्षण देखिन्छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ०४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन

आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक