कोशी प्रदेशसभामा निवृत्तभरणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल  « Khabarhub

कोशी प्रदेशसभामा निवृत्तभरणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल 


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।

छलफलमा कोशी प्रदेशसभाका चार जना सदस्यले आ–आफ्ना धारणा राखेका थिए । सो विधेयकका सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कर्मचारीहरूको उचित व्यवस्थापन गर्न कोषले मद्दत गर्ने बताए। उनले २०७६ साल साउन १ देखि कर्मचारीहरूको हकमा कोष स्थापना गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार विधेयक आएको जानकारी दिँदै कोषको रकम कहाँ जम्मा गर्ने अहिले नै निक्र्यौल नभएको स्पष्ट पारे । 

उनले प्रस्तुत विधेयकका आधारमा स्थानीय तहका कर्मचारीहरूको समेत एकरूपता कायम गरी कोष खडा गर्न सहज हुने बताए। सभामा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य रामप्रसाद महतो, रामदेव यादव र राजन किराँतीले खडेरीका कारण किसानले समयमै धान रोप्न नपाएको अवस्थामा सिँचाइका लागि कृषि मिटरको व्यवस्थासहित सहुलियत दिन सरकारको ध्यानाकर्षण गराए। 

सदस्य गोम्बु शेर्पाले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ कोशी प्रदेशमा पर्ने भए पनि यसबाट संकलन हुने राजस्व सङ्घको हुने र त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सङ्घीय सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गरे। 

यसै गरी, सदस्य गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका नाममा उठेको घूस प्रकरणका विषयमा छानबिन होस् भने। 

सदस्य भक्तिप्रसाद सिटौलाले झापाको बिर्तामोडस्थित यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा खटिएका कर्मचारीको योग्यता नपुगेको जानकारी दिँदै स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिने चिकित्सकले सेवाग्राहीबाट तोकिएको रकमभन्दा बढी रकम असुल्ने गरेकामा सरकारको ध्यानाकर्षण गराए । 

अर्को बैठक भोलि मंगलबार दिउँसो १ बस्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ३२ बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू) 

काठमाडौं– सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु