अर्थसंक्षेप : कानुन मिचेर ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, एमसीसीलाई निरन्तरता र सामान्य अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : कानुन मिचेर ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, एमसीसीलाई निरन्तरता र सामान्य अंकले घट्यो नेप्से


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सामान्य अंकले घट्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार २.०७ अंकले घटेको हो ।

सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २९६२.१३ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएकामध्ये १५६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

आजको कारोबारमा समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा खाए ।

आजको कारोबारमा विकास बैंक, वित्त, उत्पादन र व्यापार बाहेक अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट २९ करोड राजस्व

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५-७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् ।

चालु आव २०८२-८३ का लागि गण्डकी र मधेसले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी स्रोतको जोहो गरेका छन् । चालु आवमा गण्डकीले एक अर्ब ७५ करोड र मधेसले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् । कानुनतः प्रदेशले आन्तरिक ऋण उठाउन पाउने भए पनि वार्षिक बजेटमा यो शीर्षकको स्रोत देखाउँदा उनीहरूले विधि, प्रक्रिया र अनुशासन मिचेको भेटिएको छ ।

कानुनी प्रक्रिया र वित्तीय अनुशासन पालनामा प्रदेशका कमजोरी बारम्बार प्रकट हुने गरेका छन् । सङ्घीय सरकारको पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरीकनै आन्तरिक ऋणलाई बजेट स्रोतको रूपमा देखाउनु कानुन विपरीत हुन जान्छ । तर प्रदेशहरूले सङ्घीय अर्थ मन्त्रालयको अनुमति र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको समन्वयबिनै निरन्तर आन्तरिक ऋणलाई बजेट स्रोत देखाइरहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र गण्डकी प्रदेश स्रोत अनुमान समितिको सिफारिसका आधारमा आन्तरिक ऋण उठाउने भनेर स्रोत देखाइए पनि सङ्घीय अर्थ मन्त्रालयको सहमति भने नलिइएको गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बताए।

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने सरकारले पायो जानकारी

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।

एक बिघामा १५ लाखको केरा उत्पादन

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ५६ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको