अर्थसंक्षेप : कानुन मिचेर ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, एमसीसीलाई निरन्तरता र सामान्य अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : कानुन मिचेर ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, एमसीसीलाई निरन्तरता र सामान्य अंकले घट्यो नेप्से


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सामान्य अंकले घट्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार २.०७ अंकले घटेको हो ।

सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २९६२.१३ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएकामध्ये १५६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

आजको कारोबारमा समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा खाए ।

आजको कारोबारमा विकास बैंक, वित्त, उत्पादन र व्यापार बाहेक अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट २९ करोड राजस्व

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५-७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् ।

चालु आव २०८२-८३ का लागि गण्डकी र मधेसले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी स्रोतको जोहो गरेका छन् । चालु आवमा गण्डकीले एक अर्ब ७५ करोड र मधेसले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् । कानुनतः प्रदेशले आन्तरिक ऋण उठाउन पाउने भए पनि वार्षिक बजेटमा यो शीर्षकको स्रोत देखाउँदा उनीहरूले विधि, प्रक्रिया र अनुशासन मिचेको भेटिएको छ ।

कानुनी प्रक्रिया र वित्तीय अनुशासन पालनामा प्रदेशका कमजोरी बारम्बार प्रकट हुने गरेका छन् । सङ्घीय सरकारको पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरीकनै आन्तरिक ऋणलाई बजेट स्रोतको रूपमा देखाउनु कानुन विपरीत हुन जान्छ । तर प्रदेशहरूले सङ्घीय अर्थ मन्त्रालयको अनुमति र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको समन्वयबिनै निरन्तर आन्तरिक ऋणलाई बजेट स्रोत देखाइरहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र गण्डकी प्रदेश स्रोत अनुमान समितिको सिफारिसका आधारमा आन्तरिक ऋण उठाउने भनेर स्रोत देखाइए पनि सङ्घीय अर्थ मन्त्रालयको सहमति भने नलिइएको गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बताए।

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने सरकारले पायो जानकारी

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।

एक बिघामा १५ लाखको केरा उत्पादन

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ५६ बजे

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको

एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की

काठमाडौं- काठमाडौंमा मञ्चन भइरहेको एउटा नाटक सरकारले दबाब दिएर रोकेको