धमाधम पुराना खानेपानी आयोजना सञ्चालन गरिँदै « Khabarhub

धमाधम पुराना खानेपानी आयोजना सञ्चालन गरिँदै


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको धनगढीमाई नगरपालिकाको थटियास्थित एक पुरानो खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । 

आयोजनास्थलमा जीर्ण सोलार प्लान्ट मर्मत, नयाँ विद्युत् ट्रान्सफर्मर खरिद र जडानपछि तत्कालका लागि दुईमध्ये एक बोरिङबाट पानी वितरण सुरु गरिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख विश्वनाथप्रसाद यादवका अनुसार खडेरीका कारण सिर्जित पानी अभावको समयमा यो आयोजना सञ्चालनले करिब ४०० घरधुरीलाई राहत पुगेको छ । 

विसं २०७०-७१ मा सुरु गरिएको आयोजना २०८० सालमा ट्रान्सफर्मर चोरी भएपछि सञ्चालन गर्न सकिएको थिएन । विभागको थप बजेट सहयोगमा आयोजना सञ्चालन सम्भव भएको धनगढीमाई–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिए । 

वडाध्यक्ष ठाकुरका अनुसार, आयोजनामा १२–१२ इञ्च व्यासका दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की, कार्यालय तथा आवास भवन निर्माण गरिएका छन् ।

यसैगरी, धनगढीमाई–९, चैनपुरमा १४ वर्षअघि सुरु गरिएको अर्को खानेपानी आयोजना सञ्चालनका लागि हाल पाइप बिछ्याउने काम भइरहेको छ । आव २०६८र६९ मा सुरु गरिएको आयोजनाको काम रोकिएको थियो । हाल वडा कार्यालयको बजेटमा खन्ने र पुर्ने तथा डिभिजनले उपलब्ध गराएको बजेटले पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष प्रकाश योञ्जनले बताए। उनका अनुसार चैनपुर, मुसहर्निया, महुवा डाँडा र जिरोमाइलसम्म पाइप विस्तार गर्ने लक्ष्य छ । 

त्यसैगरी करिब आठ वर्षदेखि अलपत्र धनगढीमाई–१३, भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको आयोजना पनि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सो आयोजनाका लागि पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । 

धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले खडेरीको चपेटामा परेका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले आवश्यक समन्वय, बजेट व्यवस्थापन र जनशक्ति परिचालन गरिरहेको बताए । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ०७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको