अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता | Khabarhub Khabarhub

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग’ गर्नु नहुने स्पष्ट रूपमा उल्लेख गरेका छन् । अफ्रिका महादेशमा हाल करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् ।

गुटेरेसले भिडियो सन्देशमार्फत सम्मेलनमा सम्बोधन गर्दै भने, “भोकले अशान्ति फैलाउँछ र स्थायित्वमा बाधा पु¥याउँछ । त्यसैले हामीले भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम बनाउने कुरा स्वीकार गर्नु हुँदैन ।” उनले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या, आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएको कुरामा पनि चिन्ता व्यक्त गरे ।

गाजामा जारी द्वन्द्वका कारण अहिले त्यहाँको जनसंख्या गम्भीर संकटमा परिरहेको उनले बताए । दुई करोडभन्दा बढी जनसंख्या भोकमरी र कुपोषणको चपेटामा परिरहेको छ । इजरायलले गाजामा गत मार्च देखि पूर्ण नाकाबन्दी लगाएपछि अवस्था झन् जटिल भएको छ । यद्यपि पछिल्लो समयमा केही राहत सामग्री जान थाले पनि सयभन्दा बढी सहायता संस्थाहरूले ‘गम्भीर भोकमरी’ फैलिरहेको चेतावनी दिएका छन् ।

सम्मेलनको अवसरमा अफ्रिकी संघका कार्यकारी प्रमुख महमूद अली युसुफले हाल अफ्रिकाभर खाद्य संकट गहिरिँदै गएको जानकारी दिए । उनले जलवायुजन्य आपत्, द्वन्द्व र आर्थिक अव्यवस्थालाई यस समस्याको मुख्य कारणका रूपमा उल्लेख गर्दै भने,“आजको दिनमा कति बालबालिका र आमाहरू भोकै सुतेका छन् । यो स्थिति तुरुन्तै समाधानको खाँचो भएको अवस्था हो ।”

उनका अनुसार अफ्रिकामा २८ करोडभन्दा बढी मानिसहरू कुपोषणको शिकार भएका छन् र झन्डै ३४ लाख व्यक्ति भोकमरीको गम्भीर जोखिममा छन् । करिब एक करोड मानिसहरू सुख्खा, बाढी र आँधीका कारण आफ्नो घरबार गुमाउन बाध्य भएका छन् ।

युसुफले अफ्रिकी देशहरूले आफ्ना कुल आम्दानीको दश प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अफ्रिकी समाधानहरूलाई सहयोग गर्न र अघिल्लो प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ४७ बजे

सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने

काठमाडौं– चीनको जन्मदर पछिल्लो समय निरन्तर घट्दै गइरहेको छ ।

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक

प्रधानमन्त्रीले उद्घाटन गरे रानी जमरा कुलरियाको थप सिँचाइ र जलविद्युत् आयोजना

कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको

एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जना मनोनीत

काठमाडौं- नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जनालाई

वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको निधन

सुर्खेत– सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर