एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन « Khabarhub

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया रोकेको स्पष्ट पारेको छ।

साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकबाट आएको निर्णयलाई औपचारिकता दिँदै एमालेले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख छ ।

उक्त निर्देशिकामा भण्डारीको हालको गतिविधि, उनको सार्वजनिक भूमिकाको मूल्यांकन र पार्टी अनुशासनसँगको सम्बन्धको विषयलाई प्राथमिकताका साथ व्याख्या गरिएको छ।

निर्देशिकामा हालका दिनमा पार्टी र नेतृत्वमाथि ‘सुनियोजित आक्रमण’ भइरहेको पनि उल्लेख गरिएको छ । यस्तो आक्रमणको मूल स्रोत चारवटा शक्ति केन्द्र रहेको उल्लेख गर्दै एमालेले तिनको लक्ष्य पार्टीको राष्ट्रवादी भूमिका कमजोर पार्ने प्रयास रहेको जिकिर गरेको छ।

सामाजिक सञ्जाल,  संचारमाध्यम र वैचारिक प्रहारमार्फत पार्टीलाई लक्षित गरिएको जिकिरसहित एमालेले त्यसको प्रतिवादका लागि सदस्यहरूलाई सचेत हुन निर्देशन दिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सार्वजनिक अभिव्यक्तिले संविधानको मर्म, राष्ट्रपति पदको मर्यादा र पार्टी अनुशासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै एमालेले उनलाई सदस्यताबाट निलम्बन गर्ने निर्णय लिएको जनाएको छ।

भण्डारीले एमालेको पूर्वउपाध्यक्ष हुँदै राष्ट्रपति पदमा गएपछि पार्टीसँग औपचारिक सम्बन्ध टुटाए पनि पछिल्ला दिनमा विभिन्न राजनीतिक अभिव्यक्तिहरू दिएको अपानिमा उल्लेख छ । भण्डारीले पार्टीको नीतिविपरीत सार्वजनिक क्रियाकलाप गर्दै आएको एमालेको आरोप छ ।

निर्देशिकामा भनिएको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको गौरवका रूपमा सम्मानित हुनु पर्छ । तर सक्रिय राजनीतिमा आउने प्रश्नमा पार्टीको आचारसंहिताअनुसार निर्णय हुनुपर्छ । पार्टी अनुशासन र नेतृत्वविहीन गतिविधि स्वीकार्य छैन।’

पार्टीले १०औं महाधिवेशन प्रतिनिधित्वको व्यवस्था र विधान महाधिवेशनका प्रावधानहरू पनि निर्देशिकामा स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सदस्यहरू, पदाधिकारी र पूर्वपदधारीहरूका लागि विशिष्ट भूमिका र प्रतिबद्धताको अपेक्षा अपानिमा गरिएको छ।

तर, संविधानले तोकेको राष्ट्राध्यक्षको गैरराजनीतिक भूमिकालाई उल्लंघन गरेर सक्रिय राजनीति गर्न खोजेमा त्यसको असर गम्भीर हुने एमालेको निष्कर्ष छ।

एमालेले यस प्रकरणलाई पार्टी अनुशासनको प्रश्नका रूपमा व्याख्या गर्दै आगामी दिनमा यस्तो प्रवृत्तिलाई कडाइका साथ व्यवस्थापन गरिने उल्लेख गरेको छ। यस्तै, ‘मिशन ८४’ को सन्दर्भमा एकीकृत र संगठित ढंगले अघि बढ्न सबै तहमा सुदृढ नीति अपनाउने निर्देशनसमेत एमालेले दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २७ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले