भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज « Khabarhub

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी-२० प्रतिस्पर्धा गर्दैछ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्। नेपाल ‘ए’ टिममा यू–१९का कप्तान विपिन शर्माले अवसर नपाउँदा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । लामो समयको अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आलमले आफूलाई प्रमाणित गर्ने अवसर ए टिमबाट पाएका छन्। घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन्।

ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् । यसअघिका नेपाल ‘ए’का कप्तान विनोद भण्डारी भने अहिले टिममा अटाएका छैनन्।

क्यानका अनुसार यो भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ। नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।

क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो। नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग बिहीबार बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ।

नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्नेछ। थप खेल भदौ १३, १४, १५ र १६ गते लगातार हुनेछन्।

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : ०५ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत