भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज « Khabarhub

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी-२० प्रतिस्पर्धा गर्दैछ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्। नेपाल ‘ए’ टिममा यू–१९का कप्तान विपिन शर्माले अवसर नपाउँदा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । लामो समयको अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आलमले आफूलाई प्रमाणित गर्ने अवसर ए टिमबाट पाएका छन्। घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन्।

ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् । यसअघिका नेपाल ‘ए’का कप्तान विनोद भण्डारी भने अहिले टिममा अटाएका छैनन्।

क्यानका अनुसार यो भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ। नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।

क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो। नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग बिहीबार बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ।

नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्नेछ। थप खेल भदौ १३, १४, १५ र १६ गते लगातार हुनेछन्।

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : ०५ बजे

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना