सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला  « Khabarhub

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला 


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् ।

अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो ।

आवेदकले न्यूनतममा संस्थापक भगत र घिमिरेले तोकेको मूल्य वा त्यो भन्दा बढी मूल्य तोकेर बोलकबोल मार्फत आवेदन दिनु पर्नेछ ।

इच्छुकले घिमिरेको नाममा रहेको शेयर ३५ दिनभित्र र भगतको नाममा रहेको शेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : २१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’