नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी बिक्रीमा, न्यूनतम १०० रुपैयाँ « Khabarhub

नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी बिक्रीमा, न्यूनतम १०० रुपैयाँ


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्दा नबिकेको शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । कम्पनीले ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

लिलामीमा बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा त्यो भन्दा बढी राखेर आवेदन दिनुपर्ने छ । उक्त शेयरमा जो कोहीले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा कम्तिमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने अङ्कमा वा सम्पूर्ण कित्ताका लागि दिन सकिने छ ।

आवेदन बिहीबारदेखि भदौ २६ गतेभित्र दिनुपर्ने छ । आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, नेपाल फाइनान्सको केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा दिन सकिने छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : ३१ बजे

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी