नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी बिक्रीमा, न्यूनतम १०० रुपैयाँ « Khabarhub

नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी बिक्रीमा, न्यूनतम १०० रुपैयाँ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्दा नबिकेको शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । कम्पनीले ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

लिलामीमा बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा त्यो भन्दा बढी राखेर आवेदन दिनुपर्ने छ । उक्त शेयरमा जो कोहीले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा कम्तिमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने अङ्कमा वा सम्पूर्ण कित्ताका लागि दिन सकिने छ ।

आवेदन बिहीबारदेखि भदौ २६ गतेभित्र दिनुपर्ने छ । आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, नेपाल फाइनान्सको केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा दिन सकिने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने