नेपाल साउथ अस्ट्रेलियासँग पराजित « Khabarhub

नेपाल साउथ अस्ट्रेलियासँग पराजित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलिया आज भएको खेलमा नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको हो । 

नेपालले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने  दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुई/दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक/एक विकेट लिए । रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ४० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको