चिनियाँ सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन « Khabarhub

चिनियाँ सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले पहिलो पटक परेडमार्फत् सैन्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

भदौ १८ मा आयोजना हुन गइरहेको वार्षिकोत्सव समारोहमा चीनले पहिलो पटक विश्वका विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थितिमा आफ्नो सैन्य शक्तिलाई परेडमार्फत् देखाउने तयारी गरेको हो ।

बीबीसीकाअनुसार बेइजिङमा आयोजना हुने उक्त परेडमा चीनले आफ्ना नयाँ हतियारहरू देखाउने छ । जसमा सैयौँ विमान, ट्याङ्ग र एन्टी–ड्रोन सिस्टम रहने बताइएको छ ।

वार्षिकोत्सव समारोहमा प्रधनमन्त्री केपी शर्मा ओलीलाई पनि चीनले आमन्त्रण गरेको छ । साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ मा सहभाग हुन ओली चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले पनि सैन्य परेडमा भाग लिने भएका छन् । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनेछन् ।

सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए ।

सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि र सन् १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि यो द्वन्द्व विश्वभर फैलिएको थियो । चीनको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ ।

प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १२ : ४९ बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको