हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ?  « Khabarhub

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर स्वीकृत भएको छ । नेप्सेमा ‘हिमस्टार’ कारोबार संकेत कम्पनीले पाएको छ । 

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९९.१७ रुपैयाँ र अधिकतम २९७.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गरेको छ । जसमा ५ प्रतिशत  १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लागि बिक्री गरेको हो ।  

त्यस्तै, कम्पनीको जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार बराबरको ९ लाख ३२ हजार ५०० कित्ता शेयरमध्ये ९३ हजार २५० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई बिक्री गरेको छ । कम्पनीले १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गरेको हो । 

कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्री बिक्री गरेको हो । 

कम्पनीले बुकु कापटी खोला जलविद्युत ५ मेघावाटको आयोजना सञ्चालन गरेको छ । आईपीओमा गरेको लगानी ७.१४ वर्षमा फिर्ता हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : ५४ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’