विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन « Khabarhub

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वाभाविक भएको टिप्पणी गरेका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उनीहरू फर्किनु अनुचित नरहेको बताए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे  । उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहे पनि संविधान अनुसारको कानुनहरू नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतिको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारे  । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे ।

कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरूसँग देखिएको सिमानाको विवादलाई वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ०४ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा