विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन « Khabarhub

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वाभाविक भएको टिप्पणी गरेका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उनीहरू फर्किनु अनुचित नरहेको बताए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे  । उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहे पनि संविधान अनुसारको कानुनहरू नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतिको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारे  । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे ।

कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरूसँग देखिएको सिमानाको विवादलाई वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ०४ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि