मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो  « Khabarhub

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ सय १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यो सँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४० पुगेको छ । संक्रमितमध्ये २ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ सय ८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाको छ । 

सबैभन्दा बढी प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिका रहेको छ। नारायणी अस्पतालमा हाल १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएका छन्।

यस्तै, तराई अस्पतालमा ४२ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने थप १० नयाँ सङ्क्रमित पुष्टि भएका छन् । वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि २४ सक्रिय र ८ नयाँ बिरामी भर्ना भएका छन् ।

त्यसैगरी, बाराको कलैया अस्पतालले एक नयाँ सङ्क्रमित केस पुष्टि गरेको छ। सो बिरामीको वीरगन्ज यात्राको इतिहास रहेको जनाइएको छ। पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा पनि ८ नयाँ सङ्क्रमित दर्ता भएका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : १४ बजे

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले