मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो  « Khabarhub

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ सय १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यो सँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४० पुगेको छ । संक्रमितमध्ये २ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ सय ८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाको छ । 

सबैभन्दा बढी प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिका रहेको छ। नारायणी अस्पतालमा हाल १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएका छन्।

यस्तै, तराई अस्पतालमा ४२ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने थप १० नयाँ सङ्क्रमित पुष्टि भएका छन् । वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि २४ सक्रिय र ८ नयाँ बिरामी भर्ना भएका छन् ।

त्यसैगरी, बाराको कलैया अस्पतालले एक नयाँ सङ्क्रमित केस पुष्टि गरेको छ। सो बिरामीको वीरगन्ज यात्राको इतिहास रहेको जनाइएको छ। पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा पनि ८ नयाँ सङ्क्रमित दर्ता भएका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : १४ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।