अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताएका छन् । मध्य बानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्‌घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताए। 

उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

‘अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो । धर्म, सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रुपमा सत्संगले मद्दत गर्छ । आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न हिँड्न प्रेरित गरोस् ।’ 

अहिले मानिसहरूको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकोले मानिसहरूलाई सत्विचारमा हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै ती संस्थाहरूलाई प्रवर्द्धन गर्नुपर्ने सिंहको भनाई छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १ : ५५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली