फेरि सत्याग्रह सुरु गर्दै डा. केसी   « Khabarhub

फेरि सत्याग्रह सुरु गर्दै डा. केसी  


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राध्यापक डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । 

केसीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले हालै निजी मेडिकल कलेजका लागि सिट बढाएको विरोधमा यही भदौ १५ गते सत्याग्रह सुरु गर्ने जानकारी दिएका हुन् । गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १,३५९ सिट बढाएको हो । 

‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने प्रधानमन्त्री (नेता) र आयोगका पदाधिकारीले हालै गरेका स्वार्थपरक निर्णयले गरिबको मात्र होइन बुद्धिजीवी, पत्रकार लगायत सबै नेपालीको स्वास्थ्य प्रभावित हुन्छ । मानव जातिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो ।’

उनले भनेका छन्, ‘गुणस्तरीय, निशुल्क तथा सस्तो शिक्षा तथा स्वास्थ्य सेवामा सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितताको लागि लड्दै आयौँ र लडिरहने छौँ’,  ‘सरकारको हालैको सो निर्णय फिर्ता लिन हामीले गरेको बारम्बार अनुरोधको बेवास्ता भएकोले सत्याग्रह गर्ने घोषणा गरेका थियौँ, शारीरिक अशक्तताको बाबजुद भदौ १५, २०८२ का दिन सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौं ’डा.केसीले वक्तव्यमा लेखेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : २६ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको