रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति « Khabarhub

रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

किएभ- युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले युक्रेनको राजधानी किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ’भयभीत’ भएको बताएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेखेका छन्, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ ।” उनले भने, “ईयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।”

कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गरेका छन् जसमा झ्यालहरू फुटेको, छत आंशिक रूपमा तल खसेको र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएको देखिन्छ ।

युक्रेनका लागि ईयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताएकी छिन् । ईयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् ।

युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् । ईयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्र प्रहार गरेको छ ।”

“किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उनले भनिन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको