झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी (तस्बिरहरू) « Khabarhub

झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी (तस्बिरहरू)


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको ज्यादती गरेको भन्दै कवाड व्यवसायीले आज बिहीबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । झरीमा रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरूले महानगर प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । 
प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् । 

सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उच्च अदालतको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ ।

आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा कवाड भण्डारण र प्रशोधन उद्योग स्थानान्तरण गर्न खोजे पनि कवाड व्यवसायीहरूले अटेरी गर्दै आएका छन्‌ ।

उच्च अदालत पाटनले भदौ ६ गते काठमाडौँ महानगरपालिकालाई तत्काल कवाडी व्यवसाय नहटाउन अन्तरिम आदेश दिएपछि कवाड व्यवसायीहरूले महानगर कार्यालय घेराउ गर्दै आएका छन्‌ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ४ : १६ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,