सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ « Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड रिक्वयस्ट पठाई साथी बनाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कपन बस्ने २७ वर्षीय रवि लामा रहेका छन् । 

लामाले उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई नजिकको साथी बनी आफू विभिन्न समस्यामा परेको बहाना बनाई पैसा लिएपछि सम्पर्कविहीन भएको पीडितको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बुधबार चावाहिल गणेस्थानबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : २५ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष