अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने « Khabarhub

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी शिगेरु इसिबाबीच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् ।

उनले भने, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उहाँहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्नुहुनेछ्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।”

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू–राजनीतिक तथा भू–आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पारे ।

उनले भने, “यी सबै विषयहरू वार्तामा उठ्नेछन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउनेछ ।”

उनले स्मरण गरे, “क्वाड सन् २००४ को सुनामीपछि सुरु भएको हो र अहिले शिखर सम्मेलनदेखि विदेशमन्त्रीहरूको बैठकसम्म सक्रिय बनेको छ । यसको एजेन्डा ठोस र सकारात्मक छ, त्यसैले भारत यसलाई अघि बढाउन प्रतिबद्ध छ ।”

मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि बीच जापान भ्रमण गर्ने भएकाले यसलाई क्वाडको भविष्यसँग जोडेर हेरिएको छ ।

यसैबीच, अमेरिकाले जापानसँगको व्यापार सम्झौता पश्चात् २५ प्रतिशत प्रारम्भिक भन्सार शुल्क घटाउँदै हाल १५ प्रतिशत कर कम गरेको छ ।

प्रधानमन्त्री मोदी अगस्ट २९ देखि दुई दिने जापान भ्रमणमा रहनेछन् र वार्षिक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री इसिबासँग भेट गर्नेछन् ।

जापान भ्रमणपछि उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ३९ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष