पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित « Khabarhub

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो । आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछयाएको  नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । 

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस (डिएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कङ्साकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाए । 

बलिङतर्फ आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रन बनायो ।

आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई-दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । पाँच खेलको शृङ्खलामा नेपाल १-० ले पछि परेको छ । शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ०० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो